+

मधुमेहको बिरामीले कुन-कुन फलफूल खान मिल्छ ?

२०८० जेठ  ८ गते १६:०७ २०८० जेठ ८ गते १६:०७
मधुमेहको बिरामीले कुन-कुन फलफूल खान मिल्छ ?

मधुमेहका बिरामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । खानेकुरामा नियन्त्रण गरिएन भने शरीरमा सुगरको मात्रा बढ्छ । हामीले दैनिक कति कार्बोहाइड्रेट लिन्छौं र त्यसबाट कति क्यालोरी बन्छ, त्यसलाई शरीरले प्रयोग गर्न सक्यो भने शरीरमा सुगर लेभल बढ्दैन । तर त्यो क्यालोरी शरीरले प्रयोग गर्न सकेन र बढी भयो भने सुगरको लेभल बढ्छ ।

मधुमेहका बिरामीलाई दैनिक १८ सय क्यालोरी भन्दा बढी चाहिंदैन । जुन क्यालोरी दैनिक रूपमा खाने खाना र खाजाबाट पुग्छ । यस्तोमा थप चिनी तथा गुलियो खानेकुरा नखानु उपयुक्त हुन्छ । गुलियो खानेकुरा मधुमेहका बिरामीको लागि हानिकारक छ भनेको हामीले सुन्छौं । तर प्राय: सबै प्रकारका फलफूल गुलियो हुन्छ । त्यसो भए मधुमेहका बिरामीले फलफूल नखाने त भन्ने पनि हुन्छ ।

मधुमेहका बिरामीहरूले फलफूल त खान मिल्छ, तर कुन फलफूल कति खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । फलफूलमा कार्बोहाइड्रेटका साथै मिनरल्स र भिटामिन पनि पाइने भएकाले खान सकिन्छ । तर धेरै मात्रामा फलफूल खाइयो भने पनि शरीरमा सुगर लेभल बढ्छ ।

खानेकुरा तथा फलफूलमा सुगर लेभल मापन गर्ने ग्लाइसेमिक इन्डेक्सले हो । त्यसैले कुन फलफूलमा ग्लाइसेमिक इन्डेक्स बढी र कुनमा कम छ भनेर छुट्टाउनुपर्छ । ग्लाइसेमिक इन्डेक्स कम भएको फलफूल अलि बढी खान सकिन्छ भने ग्लाइसेमिक इन्डेक्स बढी भएको फलफूल अलि कम खानुपर्छ ।

ग्लाइसेमिक इन्डेक्स बढी हुने फलफूल

आँप, लिची, केरा, अङ्गुर, भुईंकटहर

ग्लाइसेमिक इन्डेक्स कम हुने फलफूल

अम्बा,  स्याउ, मौसम, सुन्तला, नास्पाती, किबी, ड्रागन फ्रुट एभोकार्डो, खर्बुजा

सबै फलफूल तौलेरै खान त गाह्रो होला । यद्यपि मधुमेहका बिरामीले दैनिक १०० देखि २०० ग्रामसम्म फलफूल खाँदा सुगर नियन्त्रणमा रहन्छ ।

ड्राफ्रुट

मधुमेहका बिरामीले ओखर, काजु, पेस्ता, बदाम लगायत प्राय: सबै प्रकारका ड्राइफ्रुट खान मिल्छ । यी खानेकुरामा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ तर किसमिस र छोकडामा भने ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ । त्यसैले यी दुईलाई भने कम मात्रामा खानुपर्छ ।

(मधुमेहरोग विशेषज्ञ डा. कार्कीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. दीपेन्द्र कार्की फलफूल मधुमेह
लेखक
डा. दीपेन्द्र कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?