
८ जेठ, काठमाडौं । संघीय संसद सदस्यहरुको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराएका छन् ।
संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ । प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्धन गर्नुपर्ने माग उठेको थियो ।
हालसम्म सांसदहरुले लिखित रुपमा हाजिर गर्दै आएका थिए । यसपटक प्रतिनिधिसभाले आप्नो नियमावलीमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4