+

दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचालमा भारतका इन्द्रजितको एकल अग्रता

२०८० जेठ  ८ गते १८:४० २०८० जेठ ८ गते १८:४०
दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचालमा भारतका इन्द्रजितको एकल अग्रता

८ जेठ, काठमाडौं । दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतका इन्द्रजित महिन्द्रकार आठौं चरणको खेलसम्पन्न हुँदा अपराजित यात्रा जारी राख्दै साढे सात अंक सहित एकल अग्रता लिएका छन् ।

राम्रो प्रदर्शन गरेका ईन्द्रजितले सातौ चरणको खेलमा भारतका मोहित कुमार र आठौं चरणको खेलमा भारतकै धनविर सिंह यादवलाई हराएका थिए।

पूर्वमन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा सञ्चालन भइरहेको  प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल, भारतका अपोलोसना माङ्गाङ, बेदान्त नगरकट्टे, सोराम राहुल सिंहले साढे ६ अंक हात पारी ईन्द्रजितलाई पछाइ रहेका छन् ।

रुपेशले सातौं चरणको खेलमा १४ वर्षका पुरुषोत्तम सिलवाललाई हराए भने आठौं चरणको खेलमा भारतका अपोलोसनासँग बराबरी खेले । अपोलोसनाले आठौं चरणको खेलमा भारका ज्ञानेन्द्र साहुलाई पन्छाउन सफल भए ।

दोलखाकोकालिन्चोक माध्यमिक स्कुलमा भइरहेको प्रतियोगितामा नेपालका पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार, पुरुषोत्तम चौलागाईं सुशरत दाहाल, भारतका प्रियन्का बरुवा, सुभद्रा राय, दावा लामा ६ अंक सहित तेस्रो स्थानमा छन् ।

बद्रीलाल नेपाली, अंकित विश्वास, राजन पुरी, निशान्त श्रेष्ठले साढे ५ अंक जोडेका छन् ।

कुल ४ लाख ८३ हजार नगद पुरस्कार भएको प्रतियोगितामा विजेताले १ लाख,  उपविजेताले ६० हजार र तेस्रो स्थान हात पार्नेले ४० हजार नगद हासिल गर्नेछन् । साथै विभिन्न विधामा गरि ३७ जनालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । मंगलबार फाइनल चरणको खेल हुनेछ ।

बुद्धिचाल रुपेश जैशवाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय