
९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ ।
आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् ।
समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।
छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4