
९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई कारबाही गरेको छ । खुला स्थानमा आगो बाल्ने काठमाडौं महानगरपालिका–९ का संजीव रावतलाई महानगरले प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत ५ हजार रुपैयाँ जरिवाना तिराएको महानगर प्रहरीले जानकारी दिएको हो ।
२५ कात्तिक २०७९ मा काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न निषेध गरेको सूचना जारी गरेको थियो । खुला स्थानमा आगो बाल्दा ‘वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने’ महानगरको भनाइ छ । महानगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार सोही ऐनका आधारमा जरिवाना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4