
१० जेठ, काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।
हेर्नुहोस् गृह मन्त्रालयको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4