गर्मीमा छालालाई कसरी स्वस्थ राख्ने भन्ने चिन्ता धेरैलाई हुन्छ । छालालाई स्वस्थ, सुन्दर र मुलायम राख्न गुलाबजलको प्रयोग गर्न सकिन्छ । यसले अनुहारको चमक पनि बढाउँछ ।
यदि अनुहारमा डन्डीफोरले सताएर हैरान बनाएको छ भने यसको समाधान गुलाबजलले गर्न सक्छ । एक चम्चा कागतीको रसमा एक चम्चा गुलाबजल मिसाएर डन्डीफोर भएको ठाउँमा लगाउन सकिन्छ । गुलाबजल लगाएको करिब आधा घण्टापछि पानीले अनुहार धुनुपर्छ ।
यसको प्याक पनि त्यत्तिकै प्रभावकारी हुन्छ । मूलतानी माटोमा गुलाबजल मिसाएर फेस प्याक अनुहारमा लगाउएर केही समय सुकाएर चिसो पानीले धुन सकिन्छ । यसले अनुहारमा हुने मसिना प्वालहरु सफा गर्दै डन्डीफोर कम गर्न मद्दत गर्छ ।
क्लिन्जरको रूपमा प्रयोग
गुलाबजल सबै प्रकारका छालाका लागि प्रभावकारी क्लिन्जरभन्दा फरक नपर्ला । अनुहार सफा गर्न पहिला फेसवासले अनुहार धोएपछि एक चम्चा गुलाबजलमा केही थोपा ग्लिसरिन मिसाएर अनुहारमा लगाउनुपर्छ ।
फेस टोनरको रूपमा प्रयोग
गुलाबजलले अनुहारको टोनरको रूपमा पनि काम गर्छ । अनुहार धोइसकेपछि कपासमा चिसो गुलाबजल मिसाएर अनुहार सफा गर्न सकिन्छ । यसले अनुहारमा टोनरको रूपमा काम गर्छ । यसमा पाइने एस्ट्रिजेन्ट गुणले छालालाई टाइट गर्न साथै छालालाई चम्काउन मद्दत गर्छ ।
मेकअप रिमुभर
कहिलेकाहीं पार्टीबाट आउँदा थाकेको समयमा अनुहार धुन पनि गाह्रो हुन सक्छ । यस्तोमा तपाईंले आफ्नो मेकअप हटाउन मेकअप रिमुभरको रुपमा गुलाबजललाई प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि नरिवलको तेलको केही थोपामा गुलाबजल मिसाएर कपासमा लिएर अनुहार सफा गर्न सकिन्छ ।
मह, अण्डा र गुलाब जल
उमेर बढेसँगै अनुहारको छाला तन्किने समस्या हुन्छ । यस्तोमा मह, अण्डा र गुलाबजल मिसाएर बनाएको मास्कले एन्टिएजिङको काम गर्छ । यसले छालालाई कसिलो बनाउँछ र पोर्सको आकारमा कमी ल्याउँछ । त्यसमा हुने अण्डाले चाउरी परेको दाग हटाउन मद्दत गर्छ भने महले अनुहारलाई नरम बनाउँछ ।
काँक्रा र गुलाबजल
काँक्राको रस अनुहारको लागि एक उत्कृष्ट टनिक हो । यसलाई अनुहारमा लगाउनाले ताजापनको अनुभूति हुन्छ । यसमा पाइने लाभदायक पोषक तत्व जस्तै, भिटामिन के र बिटा क्यारोटिन कपाल र छालालाई स्वस्थ राख्न निकै उपयोगी हुन्छ । गर्मीमा कागतीको रसमा गुलाबजल मिसाएर प्रयोग गर्दा छाला स्वस्थ र चम्किलो रहन्छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4