
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा यो ब्यवस्था उल्लेख गर्न माग गरेका हुन् । ‘अन्य देशको जस्तै नेपालमा कोटा सिस्टम लागू गरौं’ उनले भने, ‘यसबाट नेपाली फिल्मको उत्थान मात्र हुने हैन, धर्मसंस्कृति अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुन्छ र चलचित्र क्षेत्रबाट लाखौंले रोजगारी सिर्जना गर्न सक्छन् ।’
उनले यो ब्यवस्था गर्नेतर्फ कञ्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिए । उनले गतवर्ष नेपाली र विदेशीसहित १३२ फिल्म प्रदर्शनमा आएको तथ्यांक पेश गर्दै करोडौं रकम विदेशी फिल्मको माध्यमबाट विदेशिएको समेत बताए ।
चलचित्र निर्माता संघले लामो समयदेखि विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्नुपर्ने माग राख्दै आएको छ । उत्तरी छिमेकी चीनले विदेशी फिल्मको लागि कोटा प्रणाली कार्यान्वयनमा ल्याइरहेको छ ।
प्रतिक्रिया 4