+

रियल मड्रिड विजयी, एट्लेटिको बराबरीमा रोकियो

२०८० जेठ  ११ गते ८:०२ २०८० जेठ ११ गते ८:०२
रियल मड्रिड विजयी, एट्लेटिको बराबरीमा रोकियो

११ जेठ, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २-१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो ।

करिम बेन्जेमाले ३१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

८४औं मिनेटमा आर डी टोमसले राभो भालेकानोले बराबरी गोल फर्काए । तर ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए ।

रियलल जितपछि ३६ खेलबाट ७४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलको छिमेकी एट्लेटिको मड्रिडले भने तीन गोलको अग्रता जोगाउन नसक्दा स्पानयोलसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमै कायम रहेको छ ।

सउल निगेले २१औं र एन्टोनी ग्रीजमनले ४४औं मिनेटमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलायो ।

तर एट्लेटिकोले यो अग्रता जोगाउन सकेन । स्पानयोलले अन्तिम आधा घण्टामा तीन गोल फर्कायो । ६४औं मिनेटमा सेजार मोन्टेसले गोल गर्दै स्पानयोललाई खेलमा फर्काए । ७६औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गरे भने ७९औं मिनेटमा भि डि एस कोस्टाले गोल गरी खेल बराबरी गरे ।

बराबरीपछि ३६ खेलबाट ७३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ । ३६ खेलबा६ ३५ अंक रहेको स्पानयोल भने रेलिगेसन जोनमै छ ।

एट्लेटिको मड्रिड रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय