
११ जेठ, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
बिहीबार चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहीबार १ हजार ३५० रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4