
काठमाडौं । रोहतो मेन्थोलाटम नेपालले (नेसनल डिलर मिट एन्ड प्रोडक्ट लञ्च) बिक्रेता भेटघाट कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ उत्पादन पनि सार्वजनिक गरेको छ ।
होटल याक एन्ड यतीमा २०० भन्दा बढी डिलर बिक्रेताहरुको सहभागितामा ग्राहकका लागि नयाँ उत्पादन सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको उत्पादनहरुमा मिलानो सीसी ब्रान्डमा लोशन, एस्सेंस, जेल र मस्क र सनप्ले स्किन एक्वा ब्रान्डमा सिल्की ह्वाइट जेल, क्लियर ह्वाइट मिल्क, यूभी सनस्क्रिन ह्वाइटेनिङ लोसन, टोन अप लभेन्डर एन्ड रोज आई छन् । यी उत्पादनहरु विश्वासिलो र उच्च गुणस्तर रहेको कम्पनीले बताएको छ ।
मेलानो सीसी ब्रान्डका उत्पादनहरु सिधै जापानबाट आउने र यसले मेलास्मा ट्रिटमेन्ट र छालामा चमक ल्याउनुका साथै सनप्ले स्किन एक्वा प्रिमियम क्वालिटी सन्स्क्रिन भएको कम्पनीले बताएको छ ।
रोहतो मेन्थोलाटम नेपालका चेयरमेन हिरोफुमी सिरामस्तु र म्यानेजिङ डाइरेक्टर सुनसुके सिनोडाले डिलरहरुलाई धन्यवाद दिंदै आगामी दिनहरुमा बुसिनेसलै अझै सफलता पूर्वक अगाडि लैजाने बताए ।
प्रतिक्रिया 4