
१२ जेठ, ताप्लेजुङ। स्कार्पियाे दुर्घटनामा बिहान ताप्लेजुङमा एक बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका-६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कार्पियाे दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नम्बरकाे स्कार्पियाे अनियन्त्रित भई बाटोदेखि करिब ४०-५० मिटर तल खसी दुर्घटना भएको थियो ।
गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकाेमा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4