
१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाबी गरेका छन् ।
दाहालले १० जेठको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले शुक्रबार संसद बैठक अवरुद्ध गरेको छ । दाहालले संसदीय मर्यादा विपरित अभिव्यक्ति दिएकाले माफी माग्नुपर्ने एमालेको माग छ ।
माओवादी सांसद दाहालले संसदमा बोल्ने क्रममा ‘पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।
यसो भनेर आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाहालको दाबी छ । एमालेको अवरोधका कारण संसद स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘मैले शिष्टतापूर्वक माननीय केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको हुनाले मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन ।’
पशुपतिमा जलहरी राख्ने क्रममा बदमासी भएको भन्दै माओवादी सांसद दाहालले संसदीय छानबिन समिति बनाउनुपर्ने माग समेत गरेका छन् ।
प्रतिक्रिया 4