
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै उनले उनले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताए ।
‘यो राजनीतिक एजेण्डा हो । यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो,’ उनले भने, ‘सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ ।’
उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4