
काठमाडौं । वर्ल्डलिङ्कले गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा ग्राहक समक्ष पुर्याउनका लागि देशभरका करिब १७० स्थानमा ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) स्थापना गरेको छ ।
ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि स्थापित ‘सपोर्ट जोन’ (सहायता क्षेत्र) मा दक्ष प्राविधिक टोली समेत खटाइएको कम्पनीको भनाइ छ । जसका कारण वर्ल्ड लिङ्कका ग्राहकले सरल, सहज र प्रभावकारी सेवा पाउन सम्भव भएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । जसले गर्दा इन्टरनेट सम्बन्धी कुनै नैसमस्या परेको खण्डमा ग्राहकले गुनासो गरेको दुई घण्टाभित्र नै प्राविधिकहरू समस्या समाधानका लागि ग्राहकको घर पुग्ने कम्पनीले बताएको छ ।
विशषे कारणबाहेक दुई घण्टा भित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षति पूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवले जानकारी दिए ।
‘हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं,’ उनले भने, ‘यदि केही गरी हाम्रा फिल्ड स्टाफ २ घण्टा भन्दा ५ मिनेट मात्रै ढिलो पुगे भनेपनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं ।
उनका अनुसार कम्पनीले ग्राहकलाई पर्न सक्ने विभिन्न समस्या समाधानमा सघाउन कल सेन्टर, विभिन्न सामाजिक सञ्जाल एवम् इमेल लगायतको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4