+

हल्याण्डले एकसाथ जिते प्रिमियर लिग युवा र वर्ष खेलाडीको अवार्ड

२०८० जेठ  १३ गते १९:५० २०८० जेठ १३ गते १९:५०
हल्याण्डले एकसाथ जिते प्रिमियर लिग युवा र वर्ष खेलाडीको अवार्ड

१३ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीका एर्लिङ हल्याण्ड एउटै सिजनमा प्रिमियर लिगको युवा र वर्ष खेलाडीको अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन् ।

२२ वर्षका हल्याण्डले यो सिजन सिटीका लागि ३६ गोल गरेका छन्, जुन प्रिमियर लिगकै रेकर्ड हो । यो सिजनमा समग्रमा ५२ गोल गरिसकेका उनले भनेका छन्, ‘एकै सिजनमा दुई अवार्ड जित्ने खेलाडी हुन पाएकोमा आभारी छु, मलाई मत दिने सबैलाई धन्यवाद ।’

हल्याण्ड यो सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीमा आएका थिए । उनले क्लबलाई लगातार तीन तेस्रो सिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

एर्लिङ हल्याण्ड फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय