+
+

परिचयपत्र देखाएर कलाकारलाई सिंहदरबार र विमानस्थलमा प्रवेश गर्न दिन माग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १३:०७

काठमाडौं । परिचयपत्रको आधारमा कलाकारलाई सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन चलचित्र कलाकार संघले सरकारसँग माग गरेको छ । आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई चारबुँदे माग पेश गरेको हो ।

संघले वितरण गरेको परिचयपत्रको आधारमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार र विमानस्थलको विशिष्ट कक्षमा प्रवेश दिन माग गरिएको महासचिव तथा अभिनेता सविन श्रेष्ठले जानकारी दिए । कलाकार संघले करिब ९०० जनालाई परिचयपत्र उपलब्ध गराएको छ ।

यसबाहेक भ्रष्टाचार, दण्डहीनता र अनियमिततालगायत विषयमा सरकारले गरेको कारबाहीलाई निरन्तरता दिन पनि संघले आग्रह गरेको छ । काठमाडौंको धापासीस्थित चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगका लागि पनि संघले अनुरोध गरेको छ । विशिष्ट चलचित्रकर्मी लगायत प्रबुद्ध नागरिक र जनसाधारणले सिभिल सहकारीमा बचत गरेको अर्बौं रकम अपचलन गरेको र उक्त रकम पीडितलाई फिर्ताका लागि पहल गर्न अनुरोध गरिएको छ ।

उक्त सहकारीमा अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र भुवन चन्दले बचत गरेको रकम फसेको बताइएको छ । उनीहरुले यसका लागि दलका नेताहरुलाई पनि ध्यानाकर्षण गराउँदै आएका छन् । गृहमन्त्री श्रेष्ठले कलाकार संघले उठाएका जायज मागलाई सम्बोधन गर्नेतर्फ सकारात्मक जवाफ दिएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?