+
+

मिस नेपाल-२०२३ मा बदलिएका दुई नियम (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १४:१५

काठमाडौं । शनिबार तीन जना नयाँ मिस नेपाल घोषित भएका छन् । श्रीच्छा प्रधान मिस नेपाल वर्ल्ड घोषित हुँदा प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैंयाले मिस नेपाल अर्थको उपाधि चुमे । ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित भव्य समारोहमा केही परिवर्तन देखिए ।

यसपटक रनरअपको नियम हटाइएको छ । विजेता घोषणा गर्दा पनि रनरअप उल्लेख नगरेर सिधै विधागत विजेता घोषणा गरियो । तीनै ब्युटी पेजेन्टको संसारमा आफ्नै मूल्य र प्रतिष्ठा रहने भएकाले रनरअप तय नगरिएको हिडन ट्रेजरले जनाएको छ ।

यो संस्करणमा दुईपटक प्रश्नोत्तर सेसन राखिएको थियो । सुरुमा जजले सोधेका प्रश्नको जवाफ मात्र दिए पुग्थ्यो भने यो संस्करणमा गोलाप्रथा गर्दा प्राप्त हुने विषयवस्तुमा धारणा राख्नुपर्ने नियम थियो । जसले गर्दा फाइनलिस्ट सुन्दरीलाई दबाब भएको स्पष्ट देखिन्थ्यो । रकगायिका अभया सुब्बाको कन्सर्टसँगै सुरु भएको मिस नेपाल-२०२३ को मध्यान्तरमा आकर्षक शास्त्रीय नृत्य समेत प्रस्तुत गरियो ।

छोरी प्रसिद्धिलाई हुटिङ गरिरहेकी प्रथम मिस नेपाल रुबी राणा समारोहमा चर्चाको केन्द्रमा रहिन् । उनी सुरुदेखि अन्त्यसम्म छोरीको समर्थनमा चियर-अपमा ब्यस्त देखिइन् । यसपटक क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि अभिनेत्री आँचल शर्मासम्म जजको भूमिकामा थिए ।

मिस नेपाल वल्र्ड २०२२ प्रियंकारानी जोशी, पूर्वमिस अर्थ सरिशा श्रेष्ठ र पूर्वमिस इन्टरनेसनल न्यान्सी खड्काले मोडल तथा सहाना बज्राचार्यसँगै समारोह होस्ट गरेका थिए । पूर्वमिस नेपालहरुको लागि बस्न अलग्गै फ्रन्ट रोको व्यवस्था गरिएको थियो, जहाँ रुबीसहित उषा खड्गी, अश्मी श्रेष्ठ, अनुष्का श्रेष्ठ, इभाना मानन्धर लगायत थिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?