+
+
आर्थिक सर्वेक्षण :

कृषि क्षेत्रमा सुधार, गैरकृषि प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १५:०६
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० मा कृषि क्षेत्रमा सुधार हुने देखिएको छ । गैरकृषि क्षेत्रमा भने उच्च गिरावट आएको छ । यसले समग्र आर्थिक वृद्धिदर प्रभावित हुने सरकारी आंकडाले लेखाएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत रहने छ । गत आवमा कृषि क्षेत्रको वृद्धिदर २.२४ प्रतिशत थियो ।

गत आवमा गैरकृषि क्षेत्रको वृद्धिदर ६.५६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १.९२ प्रतिशत मात्र रहने भएको छ । यसले समग्र आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?