
फाइल तस्वीर
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् ।
यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । २०७७/७८ मा यो संख्या १०९० थियो । २०७४/७५ मा १ हजार ६०८ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांकले देखाएको छ । श्रम स्वीकृति नवीकरण आर्थिक २०७७/७८ मा १३ सय जनाले गरेको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4