
१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा नेपालले ३० करोड ५५ लाख मूल्यको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८०का अनुसार सिमेन्टमा नेपाल आत्मनिर्भर भएर यसैवर्षदेखि निर्यात सुरु भएको थियो ।
हाल १ करोड ७० लाख टन प्रति वर्ष क्षमताको २६ एकीकृत उद्योग (सिमेन्ट, क्लिङ्कर सहितका) सञ्चालनमा छन् भने २ सिमेन्ट उद्योग र ३६ ग्राइन्डिङ युनिट निर्माणाधीन रहेका छन् । हाल यी उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । यस्ता उद्योगबाट वार्षिक १ करोड टन सिमेन्ट स्वदेशमै उत्पादन हुने अनुमान छ ।
प्रतिवेदनअनुसार हालसम्म गरिएको खनिजको अध्ययन र अन्वेषणबाट २५ जिल्लामा करिब ७० करोड टन प्रमाणित, २० करोड टन अर्धप्रमाणित तथा ३७ करोड टन सम्भाव्य गरी करिब १ अर्ब २७ करोड टन चुनढुङ्गा अन्वेषण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4