+

गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

२०८० जेठ  १५ गते ११:४० २०८० जेठ १५ गते ११:४०
गर्मीयाममा ठेउलाले सताउन सक्छ, कसरी बच्ने ?

गर्मीयामसँगै पछिल्लो समय ठेउलाको संक्रमण बढ्न थालेको छ । खासगरी ठेउलाले साना बालबालिकालाई दुःख दिन्छ । त्यसबाहेक वृद्धवृद्धा र शरीर कमजोर भएका वयस्कलाई पनि यसले सताउँछ ।

परिवारको कोही सदस्यमा ठेउला देखिएमा अरुलाई सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले ठेउलाको संक्रमण भएमा विशेष सावधानी अपनाउनुपर्छ ।

ठेउला कस्तो रोग ?

ठेउला एक प्रकारको संक्रामक रोग हो । भेरिसेला जोस्टर भाइरस नामको जीवाणुको संक्रमणबाट ठेउला देखिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले यसलाई अत्यधिक संक्रामक रोग गरिन्छ । सुरुमा छालामा मसिना बिबिरा देखिन्छ र बिस्तारै शरीरका सबै भागमा फैलिने गर्छ । र, ठेउला आएको व्यक्तिबाट अर्को व्यक्तिमा वरपरको हावा, लत्ताकपडा, हाछ्युँ  र खोकीको माध्यमबाट सजिलै सर्न सक्ने हुँदा उनीहरु आइसोलेसन बस्नु पर्छ ।

गर्मी मौसममा भेरिसेला जोस्टर भाइरस सक्रिय हुन्छ । यस समय तातो हावापानी, अन्य समयभन्दा मानिसको जमघट बढी हुने भएकाले ठेउलाको संक्रमण बढी देखिन्छ ।

कारण

रोगप्रतिरोधात्मक क्षमता कम हुने व्यक्ति ठेउलाबाट बढी प्रभावित हुन्छन् । प्रायःजसो १० वर्षमुनिका बालबालिकामा यो रोग देखिने गर्छ । त्यसबाहेक गर्भवती महिला र उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि देखिने सम्भावना हुन्छ ।

ठेउलाका लक्षण

छाती, ढाड हुँदै शरीरको पूरै भागमा पानी फोकाजस्तो स्वरूप भएको बिबिरा फैलिनु, बिमिरा निस्किएको ठाउँमा चिलाउनु, पोल्नु र बिस्तारै फुटेर स–साना घाउ बन्नुजस्ता लक्षण देखिन्छ । त्यसैगरी सामान्य ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्नु, जीउ भारी हुनु, भोक नलाग्नु पनि यसको लक्षण देखा पर्छ । ठेउला भएको १० देखि २१ दिनभित्र यसका लक्षण अत्यधिक रुपमा देखा पर्छन् ।

जटिलता

ठेउला जति छिटो उपचार त्यति छिटो निको हुन सक्ने रोग हो । उपचार ढिला हुँदा थुप्रै जटिलता देखिन सक्छ । जस्तै, यसले निमोनिया, स्नायु प्रणालीमा संक्रमण गराउने, सेप्सिसको समस्या गराउने गर्छ । त्यस्तै, बिमिरा निस्किएको छालामा जीवाणुको संक्रमण पनि गराउन सक्छ ।

उपचार

यदि बालबालिकामा देखिए बालरोग विशेषज्ञ, वयस्क र वृद्धमा देखिए जनरल फिजिसियनलाई देखाउनु उपयुक्त हुन्छ । यसको लागि विशेष उपचार हुँदैन । चिकित्सकको सल्लाहमा झोलिलो खानेकुरा सेवन गर्ने, लक्षणअनुसार अवस्था हेरेर एन्टिभाइरल औषधि प्रयोग गर्नुपर्छ । पर्याप्त आराम गर्ने, सरसफाइमा ध्यान दिने, ठेउला भएको व्यक्ति केही दिन आइसोलेसनमा बस्ने गर्नुपर्छ । ताकि सजिलै सर्ने यो रोगले सार्वजनिक स्थलमा जाँदा अरुलाई सर्न नसकोस् । त्यस्तै फोका आएको भागमा चलाउन सक्छ, त्यसको लागि चिकित्सकको निर्देशनअनुसार औषधि लगाउने गर्न सकिन्छ ।

कसरी बच्ने ?

सरसफाइमा ध्यान दिने, प्रतिरोधात्मक क्षमता बलियो बनाउन पौष्टिक आहार खाने, ठेउलाविरुद्ध खोप लगाउने गरे ठेउलाबाट बच्न सकिन्छ ।

(डा. पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

गर्मीयाम ठेउला स्वास्थ्य
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?