
१४ जेठ, काठमाडौं । सरकारी लगानीका व्यापारिक क्षेत्रका ४ मध्ये २ वटा संस्थान मात्रै नाफामा रहेका छन् । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवदेन २०८० अनुसार सरकारले कृषि सामग्री कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयाल निगम र नेपाल वन लिमिटेड गरी ४ वटा व्यापारिक संस्थान सरकारले सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये कृषि सामग्री कम्पनी ४५ करोड २० लाख रुपैयाँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी १४ करोड ८८ लाख रुपैयाँ खुद नाफामा छन् ।
विवरणअनुसार नेपाल आयल निगम ३८ अर्ब १७ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा जाँदा नेपाल वन लिमिटेड २ करोड २६ लाख रुपैयाँ नोक्सानीमा छ ।
चार वटा व्यापारिक संस्थानको कुल सञ्चालन आय ३ खर्ब ४८ अर्ब ४३ करोड ८४ लाख रहँदा २ अर्ब ४४ कारोड ६० लाख रुपैयाँ प्रशासनिक खर्च गरेका थिए । चार संस्थानको कुल सञ्चित नोक्सानी १६ अर्ब ८२ करोड ३० लाख रुपैयाँ छ ।
व्यापारिक क्षेत्रका संस्थानहरुमा २०७७/७८ मा एक हजार २४० जना कर्मचारी रहेकामा २०७८/७९ मा यो संख्या बढेर एक हजार ३१८ पुगेको छ । व्यापारिक संस्थानहरुले सरकारलाई तिर्न बाँकी ऋण ७ अर्ब ४८ करोड १४ लाख पुगेको छ ।
प्रतिक्रिया 4