+

सातौं खेलपछि मनाङको पहिलो जित, थ्रीस्टार पराजित

२०८० जेठ  १४ गते २०:२६ २०८० जेठ १४ गते २०:२६
सातौं खेलपछि मनाङको पहिलो जित, थ्रीस्टार पराजित

१४ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरे टोली थ्री स्टार क्लबलाई १–० ले हराउँदै मनाङले पछिल्ला सात खेलपछि पहिलो जित हात पारेको छ ।

मनाङले पछिल्लो पटक १४ औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० ले पराजित गरेको थियो ।

एन्फा कम्लेक्स सातदोबाटोमा आइतबारको प्रतिष्पर्धात्मक खेलमा मनाङका चेतनकुमार थारुले ३८ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।

पहिलो हाफमा अग्रता सुम्पिएको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यससँगै थ्री स्टारले पछिल्ला चार खेलमा लगातार चौथो हार व्यहोरेको छ ।

जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितविहीन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११ औं स्थानमा झरेको छ ।

मनाङ मर्स्याङदी क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय