+
+

छोरीको जितमा चकित छु, गर्व पनि गर्छु : रुबी राणा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १२:२०

काठमाडौं । प्रथम मिस नेपाल रुबी राणाले ताज जितेको २९ वर्ष पुगेको छ । ठीक यही बेला आमाको विरासतलाई निरन्तरता दिंदै रुबीकी छोरी प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेसनल २०२३ को उपाधि जितेकी छन् । शनिबार गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा छोरीले स्टेजमा प्रस्तुति दिइरहँदा दर्शकदीर्घामा बसेकी रुबी छोरीका लागि चियर-अप गर्दै थिइन् ।

आमा र पूर्वमिस नेपाल हुनुको नाताले छोरी प्रसिद्धिको जितलाई हेर्ने र बुझ्ने कुरामा रुबीको पनि ठूलो हात छ । प्रसिद्धिको मिस पपुलर च्वाइसको सहविधाको विजयमा रुबीको योगदान स्पष्ट हुन्छ । उनले खुलेरै छोरीको लागि भोट मागिरहेकी थिइन् । अन्ततः नतिजा पनि प्रसिद्धिकै पोल्टामा पुग्यो । प्रस्तुत छ रुबीसँग गरिएको संक्षिप्त संवाद :

छोरी प्रसिद्धिको जितलाई कसरी लिनुभएको छ ?

उनको जुन मेहनत थियो, तीनवटा क्राउनमध्ये पक्कै पनि एउटालाई घर भित्र्याउँछिन् भन्ने आत्मविश्वास थियो । त्यसमा उनले आफूलाई प्रमाणित गर्दै मिस नेपाल इन्टरनेसनल २०२३ को क्राउन पनि घरमा भित्र्याइन् । सन् १९९४ को मिस नेपालकी छोरीले इन्टरनेसनलको क्राउन जित्यो भनेर इतिहास नै भयो । यसलाई परिपक्व प्रतिस्पर्धा भन्ने पनि बुझियो । यसमा म र परिवार गर्व गर्दछौं छोरीप्रति ।

मिस नेपालमा भाग लिन तपाईंले नै दबाब दिनुभएको थियो कि छोरीको रुचि हो त्यो ?

मेरी छोरी गल्यामर र ब्युटीसँग सम्बन्धित व्यक्ति नै होइन । उनी किताबको कीरा हुन् । चार वर्षको हुँदादेखि नै इन्साइक्लोपेडिया भन्ने किताब पढ्न सुरु गरेकी हो । उनले ग्राण्ड फिनालेमा प्रश्नको जवाफ दिने बेला नै बौद्धिक छ भन्ने त्यहाँ झल्किएको छ । सात महिना नपुगेको प्रि-मच्योर्ड बेबी, २०-२२ वर्षको उमेरमा पनि ३०-३५ किलो हुँदा पनि आशै थिएन कि उनले सौन्दर्यसम्बन्धी मिस नेपाल प्रतियोगितामा जित्छिन् भनेर । तर गएको दुई वर्षदेखि आफूलाई जसरी परिवर्तन गरिन्, जिम गइन् । भित्रभित्र तयारी गरिराख्या रहेछ, जुन कुरा हामी आमाबुवालाई थाहा थिएन । जुनबेला फर्म निस्कियो, उनले घरमा सरप्राइज दिएर लिएर आउँदाखेरि हामी चकित भएका हौं । मामु म गर्छु भनेर भन्दाखेरि प्रथम नेपाल नेपाल सुन्दरीको अस्तित्वलाई बन्द गरेर आमाको भूमिका निर्वाह गरेर मैले आज छोरीलाई यसरी मिस नेपाल इन्टरनेसनल लिएर आउँदा गर्व र अचम्म महसुस भएको छ ।

आमा र पूर्वमिस नेपाल हुनुको नाताले तपाईंले सुरुदेखि फिनालेसम्म कसरी सहयोग गर्नुभयो ?               

म आफू मिस नेपाल हुँदा मलाई केही पनि थाहा भएन । मलाई अभिभावकले मात्र सहयोग गर्नुभयो । तर मेरो छोरी मिस नेपाल हुँदा जुन काम मेरा बुबाआमाले गर्नुभएको थियो, त्यो काम हामीले गर्‍यौं । बिहानको रुटिनदेखि, बे्रेकफास्टदेखि, मेन्टरसिप, आफूलाई मिडियामा कसरी प्रस्तुत गर्ने कुरामा हामीले सपोर्ट गरेका हौं ।

फिनालेमा प्रसिद्धिको बलियो र कमजोर पक्ष के रहे ?

मेरो विचारमा उनले जुन टाइटल होल्ड गरेकी छन्, त्यो उनको आत्मविश्वास र बौद्धिकताले पाएको हो । जुन मेरो चियर अप थियो, मैले मेरो छोरीलाई जिन्दगीमा कुनै पनि प्रतिस्पर्धामा नदेखेको हुनाले हो । प्रि-मच्योर्ड बेबी, जसले पढाइमा ९९.८ प्रतिशत अंक ल्याउने गोल्ड मेडलिस्ट बच्चा हो । मैले २९ वर्षमा मिस नेपालमा भाग लिएँ तर उनले २५ वर्षमा भाग लिइन्, यो कुरामा त्यो चियरअप त कमै थियो । अझै मैले चियरअप गर्न पाएको भए त मिस नेपाल वल्र्ड नै हुन्छ जस्तो लागेको थियो मलाई ।

एउटा कमजोरी आयोजक पक्षबाट भएको छ । अहिले जुन नेपोटिज्मको कुरा आइरहेको छ । उनले एक मिनेट ५५ सेकेण्ड बोल्न पाउँदा न त्यहाँ कुनै साइन बोर्ड थियो न कुनै अलार्म बज्यो । ४५ सेकेण्डमै उनले बोल्नुपर्ने प्वाइन्ट बोलिसकेकी थिइन् । तर अरु प्रतिस्पर्धीलाई जस्तो बर्जर बजाइयो तर मेरो छोरीको पालोमा किन बजाइएन ? त्यो दाग लागेको छ कि मिस नेपालको छोरी भएको नाताले एक मिनेट ५५ सेकेण्ड पाइरहेको छ । यो दाग मेरो छोरीमा जुन लागेको छ त्यो आयोजकको कमीले हो । सहाना बज्राचार्यजस्तो कार्यक्रमको होस्टले तिमीले लामो बोल्यौ भन्न पाइँदैन । त्यो कुरा जजले भन्नुपर्ने हो ।

तपाईंले मिस नेपाल जितेको २९ वर्ष पुग्यो । अहिलेसम्म आइपुग्दा कस्तो परिवर्तन भएजस्तो लाग्छ ?

२०-२१ वर्षको बेलामा हामी परिपक्व थिएनौं । अहिलेको बेलामा ती छोरीहरु जो उभिएका थिए उनीहरु कोही डाक्टर, पाइलट, उद्यमी, मास्टर डिग्री होल्डर ग्राजुएट देखियो । सबै प्रतिस्पर्धामा आउँदा बौद्धिक प्रतिस्पर्धा देखियो । लेट्स ह्याभ अ फन सौन्दर्यसम्बन्धी समारोह भनिन्थ्यो हाम्रो पालामा, तर अहिले यो देखिएन नि त । यो त ब्युटी विथ इन्टलेक्चुअल भन्ने कुरामा फोकस देखें । म मिस नेपाल थिएँ त्यतिबेला, मलाई मिस एसियामा पठाइएको थियो । किनभने त्यतिबेला फ्रेन्चाइजी थियो ।

अहिले त वल्र्ड, अर्थ र इन्टरनेसनलमा जान पाइन्छ । अहिले धेरै उपाय र अवसर छन् । यो मात्र पनि उसको जित होइन, उसको अभिभारा बढिसकेको छ । ऊ जापान पुगेर अन्तर्राष्ट्रियस्तरमा जाँदैछु । उसले जापानमा सिकेको कुरा पनि देशमा भित्र्याउनु छ । यसको लागि त कम्युनिकेसनको कुरा हो । जापानी पनि सिकाउनुपर्‍यो । उसले आफ्नो नयाँ यात्रा सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?