+
+

हार्वर्डमा दुई पूर्वमिस नेपाल, श्रृंखला ग्राजुएट हुँदा सरिशा पनि जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १२:५४

काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । उनले ग्राजुएसन गरेको क्षणलाई तस्वीरमार्फत सेयर गर्दै खुसी बाँडेकी छन् । ‘मैले ग्राजुएसन गरें । अब तपाईंले मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखेकी छन् ।

दीक्षितस्वरुपको कालो पोसाक र प्रमाणपत्रको उक्त तस्वीरमा उनी लेख्छिन्, ‘मेरो परिवारबिना मैले यो काम गर्न सक्ने थिइनँ । मेरो जितमा ताली बजाउने, मलाई हरेक परिस्थितिमा साथ दिने र मैले नगर्दा पनि विश्वास गर्ने मेरो परिवारलाई म धेरै माया गर्छु ।’ श्रृंखलाका बुवा तथा पूर्वमन्त्री विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि ग्राजुएसन समारोहमा सहभागी हुन यतिबेला अमेरिकामा छन् । तस्वीरमा उनीहरुले छोरीलाई साथ दिंदै हर्षित भएको देख्न सकिन्छ ।

यसैबीच, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ पनि अध्ययनका लागि हार्वर्डमा जाने भएकी छन् । उनले यो सरप्राइज शनिबार गोदावरीमा सम्पन्न मिस नेपालको ग्राण्ड फिनालेमा सेयर गरेकी थिइन् भने इन्स्टाग्राममा समेत उल्लेख गरेकी छन् । सन् २०२३-२०२४ का लागि आफूले हार्वर्ड मेडिकल स्कुलमा आफूले स्नातकोत्तरको कोर्स गर्न लागेको उनले जनाएकी छन् । विश्वभरका हजारौं आवेदकमध्येबाट आफू स्नातकोत्तर पाठ्यक्रमका लागि समावेश भएको र यो कोर्सअन्तर्गत पेसेन्ट सेफ्टी, क्वालिटी र हेल्थ लिडरसिप क्लास समावेश हुने उनको भनाइ छ ।

‘म ब्रह्माण्डप्रति धेरै कृतज्ञ छु,’ उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?