+
+

७ दिनभित्र सहमतिमा संसदीय समितिको सभापति चयन गर्न सभामुखको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:५४

१५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए ।

‘…सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन, तपाईंहरुले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्’ सभामुखको भनाइ उधृत गर्दै ती नेताले भने ।

दलहरुले संसदीय समितिमा रहने सदस्यहरु चयन गरे पनि दलीय सहमति नहुँदा समितिका सभापतिहरु चयन भएका छैनन् । ज्येष्ठ सदस्यको नेतृत्वमा एकाध बैठक बसे पनि संसदीय समितिको कामले गति लिन सकेको छैन ।

४ मंसिरको चुनाव भएपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । त्यसपछि १५ वैशाखमा प्रतिनिधिसभाको १० वटा विषयगत समिति गठन भएका थिए भने २ जेठमा पहिलो बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?