
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
नयाँ आउलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहक लाई अझै गुणस्तर सेवा प्रधान गर्ने उदेश्य राखेको क्लासिक टेकले जनाएको छ । यी विस्तारसँगै देशभर आउटलेट संख्या १०४ पुगेको कम्पनीले बताएको छ।
ग्राहकहरूले अफिस भिजिट नै नगरी क्लासिक टेक एपमार्फत फोन बाटनै इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरु सुविधाहरु लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4