
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।
नयाँ वर्ष २०८० को अवसर अन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजार रूपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार रूपैयाँ स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार रूपैयाँ मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।
साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेञ्जमा बजार मूल्य भन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत प्रयोगकर्तालाई उपलब्ध गराइएको छ ।
सीमित अवधिका लागि लागु भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्तासँग केवल तीन दिन मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4