+
+

वसन्त निरौलाको निर्देशनमा ‘ज्वाइँ साब’ बन्ने, शीर्ष भूमिकामा मुकुन भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १७:०६

काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरेका छन् । सोमबार खोटाङको हलेसी मन्दिरमा शुभसाइत गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । रेड आई फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायांकन केही महिनामै सुरु हुने उनले जानकारी दिए ।

गत वैशाखमै उनले चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरेका थिए । जसअनुसार यो फिल्मको शीर्ष भूमिकामा मुकुन भुसाल र राधा पण्डित कलाकारको रुपमा हुनेछन् । दुई करोड ४७ लाख रुपैयाँमा निर्माण हुने बताइएको यो फिल्मलाई राजकुमार पण्डितले निर्माण गर्ने बोर्डमा उल्लेख छ ।

फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियामा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।

निरौलाका अनुसार फिल्मका लागि अन्य कलाकारको छनोट जारी छ । ‘यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ,’ उनले भने । निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका फिल्मभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत बताए । निरौलाले यसअघि विजयपथ, आवेग, मेला, राजनीति लगायत फिल्म निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?