
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका छन् ।
उनले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए ।
अर्थमन्त्री महतले मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट प्रदान हुने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4