
फाइल तस्वीर
१४ जेठ, काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति र विस्तारका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले नारायणी नदी र तिनाउमा सिग्नेचर पुल बनाउने घोषणा गरेको छ ।
नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्री महतले घोषणा गरे । कमला (ढल्केवर–पथलैया, वुटवल–गोरूसिङ्गे, कांकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4