
१४ जेठ, विराटनगर । १६ औं गणतन्त्र दिवस तथा नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसमा आयोजित सञ्चारकर्मीबीचको दौड प्रतियोगितामा पत्रकार हरि अधिकारी पहिलो भएका छन् ।
विराटनगरस्थित जनआन्दोलनचोकदेखि बरगाछीचोकसम्मको दौड प्रतियोगितामा अनलाइनखबरमा कार्यरत अधिकारी प्रथम भएका हुन् ।
प्रतियोगितामा पत्रकार नवराज कट्टेल दोस्रो र देवराज तामाङ तेस्रो भएका छन् । पहिलो भएका अधिकारीले नगद ७ हजार, दोस्रो हुने कट्टेलले ४ हजार ५ सय र तेस्रो हुने तामाङले ३ हजार पाँच सय पुरस्कार प्राप्त गरे ।
दौड प्रतियोगितामा नविन भट्टराई चौथो र पवनकुमार साह पाँचौं भए । दुवैजनाले जनही ३ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4