
१५ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शाए पनि समाधान नदिने बताएका हुन् । उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिंदैन ।’
अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4