
१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संघीय संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन् ।
बजेटले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक केही गर्न नसकेको उनले बताए । ‘अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाइबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन’ उनले भने, ‘बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन ।’
सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि बजेटले पूरा नगर्ने पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4