
१५ जेठ, काठमाडौं । सरकारले चिनी र सख्खरको भन्सार महसुल घटाएको छ । सरकारले जारी गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो ।
सरकारले गरेको कर घटाउने निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ । सरकारले चिनी, सख्खर भेली र सुगर क्युबसहितका वस्तुको भन्सार महसुल १० प्रतिशतले घटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4