+
+

सञ्चयकोषको उपचार खर्च दम्पतीमा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १६ गते ७:४४

१६ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको छ । यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउनेछन् ।

बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइनेछ ।’ बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए उनकी पत्नीले र पत्नी सञ्चयकर्ता भए उनका पतिले पनि स्वास्थ्य उपचारको सुविधा पाउनेछन् ।

कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार, अहिलेसम्म सञ्चयकर्ताले मात्रै उपचार खर्च पाउँदै आएका छन् । सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउँछन् । त्यसरी रकम पाउँदा उनीहरुले सञ्चय गरेको रकम भने काटिदैन ।

प्रवक्ता सुवेदीले भने, ‘बजेट वक्तव्यले गरेको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भएपनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको हो ।’

अहिले ५ लाख ५५ हजार सञ्चयकर्ताहरु कर्मचारी सञ्चयकोषमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?