
काठमाडौं । संवेदनशील जानकारी तथा गोप्य कुराहरुलाई कुनै अनधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्नका लागि जिमेलमा गोप्य मोडमा मेसेज तथा अट्याचमेन्टहरु पठाउने सुविधा उपलब्ध छ ।
यसका लागि जिमेलमा confidential mode रहेको छ । यसमा जिमेलमार्फत् कुनै इमेल पठाउँदा त्यसको सो मेसेज एक्सपायर हुने मिति समेत तोक्न सकिन्छ । जसका कारण उक्त मितिपछि उल्लेखित मेसेज आफैं डिलिट हुन्छ । साथै पठाइएको मेसेज प्रापकले हेर्न नसक्ने गरेर जुनसुकै बेला सेटिंग्स परिवर्तन गर्न सकिन्छ ।
गोप्य मेसेज प्राप्त गर्नेले उक्त मेसेज फरवार्ड गर्ने, कपी गर्ने, प्रिन्ट गर्ने तथा डाउनलोड गर्ने विकल्प प्राप्त गर्दछन् ।
यद्यपि यो फिचरले इमेल प्रापकलाई भुलबस कुनैपनि इमेल कसैलाई शेयर गर्नबाट रोक्दछ, तथापि यसले प्रापकलाई उल्लेखित इमेलको स्क्रिनशट वा फोटो लिनबाट भने रोक्न सक्दैन ।
जिमेलमा गोप्य इमेल पठाउनका लागि यसो गर्नुहोस्–
- डेस्कटप वा पर्सनल कम्प्युटरमा जिमेल खोलेर आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
- त्यसपछि Compose मा क्लिक गर्नुहोस्
- पेजको पिँधमा दायाँपट्टि रहेको Turn on confidential mode मा क्लिक गर्नुहोस्
- यदि तपाईंको जिमेलमा कुनै इमेलका लागि confidential mode पहिले नै सक्रिय बनाउनुभएको छ भने सो इमेलको सबैभन्दा तल जानुहोस् र edit मा क्लिक गर्नुहोस्
- त्यसपछि expiration मिति तथा पासकोड राख्नुहोस् । यो टेक्स्ट मेसेज र अट्याचमेन्ट दुवैमा लागू हुन्छ ।
- त्यसपछि save मा क्लिक गर्नुहोस् ।
- तपाईंले आफूले इमेल पठाएको व्यक्तिले सो इमेलको Expiration date अगाडि नै सो इमेल पढ्न नसक्ने गरेर समेत सेटिंग्स परिवर्तन गर्न सक्नुहुन्छ ।
यदि तपाईंले No SMS passcode को विकल्प छान्नुभयो भने जिमेल एप प्रयोगकर्ताले तपाईंको सो इमेल सिधै खोल्न सक्नेछन् । जिमेल एप प्रयोग नगर्नेका लागि भने इमेलमा पासकोड प्राप्त हुनेछ ।
यदि SMS passcode को विकल्प छानेमा चाहिँ प्रापकले टेक्स्ट मेसेजको रुपमा पासकोड प्राप्त गर्नेछ । यसका लागि तपाईंले प्रापकको फोन नम्बर हाल्नुपर्नेछ ।
जिमेलमा गोप्य इमेल कसरी खोल्ने ?
- आफ्नो डेस्कटप तथा पर्सनल कम्प्युटरमा जिमेल खोलेर आफ्नो अकाउन्ट लगइन गर्नुहोस्
- बायाँ भागमा रहेको sent ट्याबमा जानुहोस्
- त्यसपछि गोप्य इमेल खोल्नुहोस्
- त्यसपछि Remove access मा क्लिक गर्नुहोस्
- त्यसपछि confidential mode सहित पठाइएको इमेल खोल्नुहोस्
प्रेषकले तय गरेको expiration date सम्म वा प्रेषकले इमेलमाथिको पहुँच कायम राख्दासम्म तपाईंले जिमेलमा आफूलाई प्राप्त भएको इमेल खोलेर पढ्न सक्नुहुन्छ । त्यसपछि भने उक्त टेक्स्ट मेसेज वा अट्याचमेन्ट आफै निस्क्रिय हुन्छ ।
Copy, paste, download, print तथा forward जस्ता अप्सनहरु आफैं निस्क्रिय हुन्छन् भने इमेल खोल्नका लागि पासकोड हाल्नुपर्ने हुनसक्छ ।
–एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4