
काठमाडौं | आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई एक हजार रूपैयाँ क्यासब्याक दिने भएको हो ।
सो क्यासब्याक अफर अन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रूपैयाँ क्यासब्याक जित्न सक्नेछन् । क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ । यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागु हुनेछ ।
केही समय यता आईएमई पे र एम बैंक बीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उदेश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौता पत्र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4