+

एन्फाको निर्णयमा उपाध्यक्षसहित ४ जनाको ‘नोट अफ डिसेन्ट’

२०८० जेठ  १६ गते १६:१० २०८० जेठ १६ गते १६:१०
एन्फाको निर्णयमा उपाध्यक्षसहित ४ जनाको ‘नोट अफ डिसेन्ट’

१६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमितिबाट पारित गरेको सन् २०२३ को बजेटप्रति कार्यसमितिका उपाध्यक्षसहित चार जनाले २० दिनपछि असहमतीपत्र दर्ता गरेका छन् ।

गत २५ बैशाखमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २२९ रुपैयाँको अनुमानित बजेट पारित गरेको हो ।

निर्णय भएको तीन सातापछि उपाध्यक्ष विराटजंग शाही तथा सदस्यहरु भोजराज शाही, रुपेश अधिकारी र रोविन चन्द ठकुरीले १५ जेठमा विरोधपत्र दर्ता गरेका हुन् ।

उनीहरु चारै जनाले छुट्टाछुट्टै रुपमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको इमेलमार्फत विरोधपत्र दर्ता गरेको जानकारी दिएका छन् ।

असन्तुष्ट सदस्यहरुले बजेटजस्तो संवेदनशील विषयलाई सामान्य रुपमा प्रस्तुत गरी उपस्थितिको हस्ताक्षर प्रयोग गरी निर्णय गरिनुलाई गलत मनसायका रुप हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

‘बजेट जस्तो कुरा नियमित बैठकबाट गर्नुपर्ने काम हो । तर, बपतकालीन बैठकमा ल्याइयो । उपस्थितमा हस्ताक्षर गराइयो र १५ दिनमा निर्णय पारित भयो भनेर पठाइयो । ६७/६८ करोड बजेटलाई आपतकालीन बैठकबाट एकदिनमै पारित गरेर हामी नेपाली फुटबलमा कुन सन्देश दिन चाहन्छौं। कुन सुशासन लागु गर्न खोज्या यो रु यो सरासर गलत हो,’ एन्फा कार्यसमिति सदस्य रूपेश अधिकारीले अनलाइनखबरसँग भने, ‘अहिले हामीले चार जनाले अहसमती जनाएका छौं । यो गम्भीर विषय छ । यस विषयमा एन्फा नेतृत्वको ध्यानाकर्षण गराउँदै एन्फाले तुरुन्त यसलाई सच्याएर पुनः नियिमत कार्यसमितिको बैठकको एजेन्डामा राखेर छलफल गरेर अगाडी लैजानुपर्छ ।’

एन्फा अध्यक्षको कार्यशैली, सचिवालय र अन्य नियुक्तिहरुमा कुरा नमिलेपछि एन्फामा नयाँ कार्यसमिति निर्वाचित भएदेखि नै विवाद भइरहेको छ । १७ फागुनको कार्यसमिति बैठकमा अधिकांश सदस्यले बहिस्कार गरेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय