+
+

प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणीकरण गर्दा शंका भयो : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १३:३४

१७ जेठ, काठमाडौं। नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्क्रिय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेको भट्टराईले बताए । ‘संसदको अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ’, अनलाइनखबरसँग भट्टराईले भने।

नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने भट्टराई बताउँछन्। ‘नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो’ भट्टराई भन्छन् ।

तर राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुवमा विभाजित गरेको आरोप भट्टराईले लगाए। ‘संविधानको धारा ६१ र ६६ बमोजिम प्रमाणीकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कने दिन प्रमाणीकरण हुनुले अर्को आशंका सिर्जना भएको भट्टराईले बताए।

‘प्रधानमन्त्री भारत भ्रमणमा निस्किने दिन प्रमाणीकरण हुनुले शंका, उपशंका त हुने नै भयो’, उनी भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?