
काठमाडौं । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा दुग्ध उत्पादनसम्बन्धी सीपमुलक तालिम सञ्चालन गरेको छ । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम किसानहरुलाई प्रदान गरिएको बैंकले जनाएको छ ।
तालिमले किसानहरुको आम्दानी वृद्धि गर्नमा मद्दत पुग्ने विश्वास बैंकको छ । तालिममा सहभागीहरूलाई वित्तीय साक्षात्कार सम्बन्धी प्रशिक्षण समेत दिइएको थियो । ५ दिने तालिममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले सहजीकरण गरेका थिए ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्य रहेको बैंकको भनाइ छ ।
सीपमूलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया 4