+
+

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १४:४३

१७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले अनलाइनखबरलाई बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइसकेका छैन ।’

भारतको नयाँ संसद्मा नेपालको भूमि समेत समेटेर नक्सा राखिएको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा नेता खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायत उपस्थित थिए ।

कार्यक्रम चलिरहेका बेला सन्तोषसहितका व्यक्तिहरु युवाले पनि बोल्न पाउनुपर्छ भन्दै हुलहुलहुज्जत गर्दै स्टेजतर्फ गएका थिए । त्यसक्रममा उद्घोषसँग माइक लिएर सन्तोषले राजतन्त्रको पक्षमा भाषण गरेका थिए । त्यसक्रममा उनका समर्थकहरुले तोडफोड र नेता खनालविरुद्ध नारावाजी समेत गरेका थिए ।

पछि त्यहाँ उपस्थित नेताहरुका निजी सुरक्षा अधिकृतहरुले सन्तोषसहितका युवालाई बाहिर निकालेका थिए । उनीहरुलाई निकालेपछि प्रहरी वृत्त, सिंहदरबारको जिम्मा लगाइएको थियो ।

नेकपा एकीकृत समाजवादीले बुधबार प्रेस विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?