
१८ जेठ, काठमाडौं । मदन भण्डारी कप खुल्ला बास्केटबलमा टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, आर्मी र डाउनटाउन स्पोर्ट्स सेन्टर लिग चरणमा प्रवेश गरेका छन् ।
बिहीबार भएको क्वार्टरफाइनलका खेलहरु जित्दै चार टोली राउण्ड रोविन लिगको मुख्य चरणमा प्रवेश गरेका हुन् ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले जेभिएर इन्टरनेशनल कलेजलाई ७१-५२ ले हरायो । टाइम्सका कमल थापा १२ अंक स्कोर गर्दै मस्ट भ्यालुएबलु प्लेअर बने ।
यस्तै दोस्रो खेलमा गोल्डेनगेटले बुढानीलकण्ठ बास्केटबल क्लबलाई ८९-७८ ले हरायो । २८ अंक स्कोर गरेका गोल्डेनगेटका प्रज्वल महर्जन मस्ट भ्यालुएबल प्लेअर बने ।
आर्मीले मनास्लु वर्ल्ड स्कुलाई ८६-७६ ले हरायो । आर्मीका लागि सौरभ श्रेष्ठले २१ अंक स्कोर गरे ।
चौथो खेलमा डाउनटाउनले कीर्तिपुर बास्केटबल क्लबलाई ७३-६६ ले हरायो । डाउनटाउनका पासाङ शेर्पा १४ अंक स्कोर गर्दै मस्ट भ्यालुएबल प्लेअर घोषित भए ।
यी चार टोलीबाहेक नकआउट चरणबाटै आएका भएकामध्ये मनास्लु वर्ल्ड स्कुल पनि राउण्ड रोविन लिगमा छनोट भएको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ । पुरुषतर्फ यी पाँच टोलीले राउण्ड रोविन लिगमा एकआपसमा प्रतिस्पर्धा गर्नेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
यस्तै महिलातर्फ ६ टोलीबीच सिधै राउण्ड रोविनको आधारमा खेल हुनेछ ।
प्रतियोगितामा शुक्रबार पुरुषतर्फ आर्मी र डाउनटाउनबीच खेल हुनेछ भने महिलातर्फ ललितपुर हाई र धरान बास्केटबल एसोसिएसन, रोएल र कीर्तिपुर बास्केटबल क्लब तथा बुढानलिकण्ड र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछ ।
दुवैतर्फको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4