+

खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

२०८० जेठ  १८ गते २१:३५ २०८० जेठ १८ गते २१:३५
खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

१८ जेठ, काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खुमलटारका एलान थापाले पेनाल्टीमा गोल गर्न असफल हुँदा खुमलटारले अग्रता लिने मौका गुमाएको थियो । ५५औं मिनेटमा एलानको पेनाल्टी प्रहार मनाङका कप्तान तथा गोलकिपर दिप कार्कीले बचाए । जितपछि मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ । यसअघि लगातार

हारेले खमलटारको रेलिगेसन संकट झन् बढेको छ । २३ खेलबाट २४ अंकसहित खुमलटार पुछारमा छ ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको खुमलटारले शीर्ष डिभिजनमा टिक्न अब बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्थामा आइपुगेको छ ।

ए डिभिजन लिग मनाङ मर्स्याङ्दी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय