+
+

गर्मीका कारण भरतपुरका विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १६:२८

१९ जेठ, भरतपुर । अत्यधिक गर्मीका कारण चितवनको भरतपुर महानगरपालिकाका विद्यालय एक साता बन्द रहने भएका छन् ।

महानगरपालिकाले शुक्रबार सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

साउन अन्तिम हप्ता दिइने वर्षे बिदा कटौती गरेर आउँदो हप्ता विद्यालयमा विद्यालयमा बिदा दिने निर्णय भएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

साथै महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई घाममा हिँड्डुल गर्न नदिन, नदी तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन पनि अभिभावकहरुलाई सचेत गराएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?