+

बिगौती दूध कति खानयोग्य ?

२०८० जेठ  २० गते १०:१२ २०८० जेठ २० गते १०:१२
बिगौती दूध कति खानयोग्य ?

‘दिनहुँ गाईभैंसीको दूध पिउने व्यक्ति तगडा हुन्छन् ।’ यो भनाइ बुढापाकाको मुखबाट सबैले सुनेरै हुर्किएका हुन्छौं । बिहानको खाजामा र राति सुत्नुअघि एक गिलास दूध पिउने चलन हामीमध्ये धेरैको घरमा छ ।

पौष्टिक तत्वले भरपुर दूधले मस्तिष्क र हड्डीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । गाई वा भैंसी ब्याएपछि १०–१२ दिनसम्म बाक्लो बिगौती दूध आउँछ । बिगौती दूधलाई निकै पोषिलो मानिन्छ । गाउँघरतिर यो दूध अहिले खोजीखोजी खाने चलन अझै छ ।

के पाइन्छ बिगौतीमा ?

बिगौती दूध गाढा र हल्का पहेंलो रंगको हुन्छ । यसमा प्रोबायोटिक्स, म्याग्नेसियम, क्याल्सियम, भिटामिन ए, डी, ई र के, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन, खनिज र एन्टिबडी भनिने विशेष प्रकारका प्रोटिन हुन्छन् । यी कोलोस्ट्रमहरू ब्याक्टेरिया र भाइरसजस्ता रोग निम्त्याउने एजेन्टसँग लड्छन् । यसमा एन्टिबडीको स्तर नियमित गाईको दूधमा हुने स्तरभन्दा १०० गुणा बढी हुन सक्छ । जुन शरीरलाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

तुलनात्मक रुपमा गाईको दूध अन्य जनावरको भन्दा बढी सुपाच्य भएको हुँदा यो मानिसको लागि अति नै लाभदायक मानिन्छ । त्यस्तै भैंसीको दूधमा अत्यधिक फ्याट, प्रोटिन र क्यालोरी हुन्छ, जुन सहजै पच्न कठिन हुन्छ ।

बच्चादेखि वृद्धसम्मको लागि अमृत

आयुर्वेदले गाईको बिगौती दूधलाई बच्चादेखि वृद्धसम्मको लागि अमृत सरह मानेको छ । यसमा पाइने एन्टिबडीले इमियुनोग्लोबिनको मात्रा बढाउनमा मद्दत गरी रोगप्रतिरोधात्मक क्षमता बढाउने तत्व पाइन्छ । क्याल्सियम, भिटामिन र म्याग्नेसियमले बालकमा हड्डीको विकास गर्नेदेखि वृद्धमा हड्डी कमजोर हुन कम गराई तागत दिने भूमिका बिगौतीको हुन्छ ।

त्यस्तै भिटामिन एले आँखाको ज्योति बढाउन मद्दत गर्छ । भिटामिन–ए आँखाको लागि आवश्यक पोषक तत्वमध्ये एक हो । त्यस्तै गाईको काँचो दूधमा प्रोबायोटिक्स अर्थात् जीवित सूक्ष्म जीव हुन्छन्, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । विभिन्न संक्रमणसँग लड्न पनि मद्दत गर्छ ।

गाईको दूधले पनि हड्डीलाई स्वस्थ राख्न निकै मद्दत गर्छ । यसले बालबालिकादेखि वृद्धसम्मको हड्डी मजबुत बनाउन मद्दत गर्छ । बिगौतीले शरीरको तौल बढाउन तथा कुपोषण लागेको व्यक्तिको लागि पोषणको काम पनि गर्छ ।

नवजात शिशुले खान हुन्छ ?

आमाको दूधलाई त अरु कुनै पनि दूधले प्रतिस्थापन गर्न सक्दैन । नवजात शिशुको शरीर नाजुक हुने र पाचनप्रणाली पनि परिपक्व भइसकेको हुँदैन । त्यसैले एक वर्षसम्मको शिशुलाई खान दिनु हुँदैन । त्यसपछि भने अलिअलि गर्दै खान दिन सकिन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

मात्रा

बिगौती दूधको मात्रा उमेर अनुसार निर्धारण गरिएको छैन । बिगौती दूध सजिलै पच्न सक्दैन । बिगौती व्यक्तिले कति मात्रामा खाने भन्ने कुरा शरीरको पाचनशक्ति कतिको बलियो छ त्यसमा भर पर्छ । जसलाई दूधसम्बन्धी खानेकुरा सजिलै पच्दैन, उनीहरुको पेट गडबड पनि हुन सक्छ । दूधजन्य पदार्थ शरीरले नसहने व्यक्तिले भने बिगौती दूध खानु हुँदैन ।

नुन र अमिलोसँग मिसाउनु हानिकारक

दूधलाई नुन र अमिलोसँग मिसाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । चाहे बिगौती होस् वा सामान्य दूध । यी तत्व मिसाउँदा दूध फाट्छ । त्यति मात्र होइन, नुन र अमिलोको मिश्रण हुँदा क्यासिन तत्व उत्पन्न हुन्छ, जसले बान्ता गराई पेट गडबड पनि गर्न सक्छ । साथै, छालासम्बन्धी एलर्जी पनि गराउन सक्छ ।

(अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

बिगौती दूध
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?