
काठमाडौं |आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले ‘सीसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले बताएको छ ।
आफ्नो स्थापनाकालदेखि नै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आईएमई पेले केही समय यता सीसा इन्फरमेसन सेक्युरिटी मार्फत पीसीआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नवीकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आईएमई पेले सीसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नवीकरण गरेको छ।
आईएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4