+
+

नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १९ गते १८:३४

१९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ ।

तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?