
१९ जेठ, काठमाडौं। नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेताहरुको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको छ ।
प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि संगठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ।
अधिकारीलाई सहरी विकास विभाग दिएर संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारी ल्याइएको छ ।
शुक्रबारको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दा सबै उपाध्यक्ष र सचिवहरुको जिम्मेवारी फेरिएको छ। त्यसबाहेक अरु पदाधिकारीको भने जिम्मेवारी यथावत राखिएको छ ।
स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4